पुराना विश्वासहरू हाम्रा समाजका महत्वपूर्ण अंशहरू हुन्, तर आधुनिक विज्ञानले यी विश्वासहरूलाई एक नयाँ दृष्टिकोणले हेरिएको छ। वैज्ञानिक दृष्टिकोणले हामीलाई पुराना विश्वासहरूको वास्तविकता बुझ्न मद्दत गर्दछ, जसले हाम्रो सोचाइ र जीवनशैलीलाई प्रभाव पार्न सक्छ।
वैज्ञानिक अध्ययनहरूले पुराना विश्वासहरू र परम्पराहरूको उत्पत्ति र तिनीहरूको विकासको प्रक्रिया बुझ्न महत्त्वपूर्ण भूमिका खेल्छन्। पुराना विश्वासहरूको अध्ययनले हामीलाई हाम्रा पूर्वजहरू कसरी प्रकृति र ब्रह्माण्डलाई बुझ्थे भन्ने जानकारी दिन्छ। यसरी, यी विश्वासहरूको वैज्ञानिक अध्ययनले हाम्रो समाजको सांस्कृतिक विरासतलाई सुरक्षित राख्न मद्दत गर्दछ।
वैज्ञानिक दृष्टिकोणले पुराना विश्वासहरूको महत्त्वलाई अझ उजागर गर्दछ, जसले हाम्रो समाजलाई समृद्धि र समझदारीको मार्गमा अगाडि बढाउन मद्दत गर्दछ। यसले हामीलाई पुराना विश्वासहरूमा रहेका गलत धारणा र मिथकहरूलाई चुनौती दिन र तिनीहरूको वास्तविकता बुझ्न प्रेरित गर्दछ।
यस्तो वैज्ञानिक अध्ययन र दृष्टिकोणले हाम्रो समाजलाई प्रगति र विकासको मार्गमा पुराना र नयाँ ज्ञानहरूलाई मिलाएर अघि बढ्न मद्दत गर्दछ। यसले हामीलाई नयाँ सोचाइ र दृष्टिकोणहरूको विकास गर्न प्रेरित गर्दछ, जसले हाम्रो जीवनलाई अझ राम्रो र समृद्ध बनाउन योगदान पुर्याउँछ।
जंगलदेखि
मान्छे निस्केर जन जमिन फाँड़ेर खेती गरेर अन्न,फलफूल,
कन्दमूल आदि उमार्न थाले त्यसैलाई सभ्यता (civilisation) भनिन थालियो विस्तारै मान्छेमा उन्नत सोंचेको प्रार्दभाव हुन थाले,
उसले घर बनायो, आफूलाई चाहिने पशु
पाल्नथाल्यो। त्यहीसमय देखि कतिपय “विश्वास” (अन्ध्विश्वास)-हरू पनि मानव समाजमा
हावी हुन थाल्यो। यो विश्वास हामी नेपलाी समुदायमा मात्रै होइन तर विश्वका अनेकौं
जातिहरूमा यो अझै जिवित छ, विकसित राष्ट्रहरूमा पनि
भूत-प्रेत आदि हुन्छ भन्ने विश्वास यद्दपि हुँदैछ, त्यो
कहाँसम्म सत्य हो तिनीहरू नै जानुन तर हामी नेपाली समाजमा पाइने कतिपय यस्ता
अन्धविश्वासहरूमा वैज्ञानिक तथ्य रहेको हामी पाँउछौ।
१. खाना खाँदा नबोली खानु- खाना
खाँदा अन्न देवताको स्मरण गर्दै चुपचाप लागेर खानु भन्ने भनाई छ। “यदि यो अन्न
नभएको भए हाम्रो के दशा हुन्थ्यो” भनेर अन्नो गुणगान गर्दै खानु भन्निन्छ। तर
वैज्ञानिक पाराले हेर्नु हो भने खाना खाँदा बोल्दै खाइयो भने अन्न गएर हाम्रो सास
नलीमा अड़किने सम्भावना प्रवल रहन्छ र सास फेर्न असजिलो हुन्छ, सर्किन्छ र समस्य हुन्छ।
२. साँझमा घर नबड़ारनु- हाम्रो
विश्वास अनुसार साँझमा माता लक्ष्मीको आगमन हुने गर्छ र साँझमा घर बड़ारदा लक्ष्मी
रिसाँउछिन् भन्ने छ, तर दिउँसो घरभित्र कतिपय काम गर्दा मसिना चीजहरू भूईमा झरेका
पनि हुन सक्छन् र हामीले बड़ारेका कसिङ्गार संगै फ्याक्न सक्छौं।
३. हवन गर्दा देवता खुशी
हुन्छन-पूजा सकेर अन्तिम दिनमा हवन अथवा पूर्णाहती गर्ने हाम्रो चलन छ, यसो गर्दा
समस्त देवताको भाग स्वरूप हवन दिने धार्मिक प्रचल छ। यो चल बुद्धिष्ट
धर्मावलम्बीहरूमा पनि पाइन्छ। यो भन्ने अन्धविश्वास भन्ने गरे पनि वैज्ञानिक तौरमा
भन्दा यसरी हवन गर्दा हवनको धुवाँ वायुमण्डलमा पुगेर त्यहाँ भएका विषाणु जीवहरू
नष्ट हुने र हाम्रो वातावरण स्वच्छ हुने विश्वास छ।
४. उठेर नाङ्गलोमा केही
नकेलाउनु- गाँउ-घर तथा शहर-बजारतिर पनि दाल-चामल लगायतका खाद्य सामाग्रीहरू
नाङ्गलोमा केलाइन्छ। तर त्यसरी केलाउँदा बसेर मात्रै केलाउने चलन छ यदि उठेर
केलाइयो भने अन्नको सह जान्छ भन्ने विश्वास छ तर यसरी उभिएर केलाउँदा यदि हात
फुस्कियो भने सम्पूर्ण अन्न पोखिएर नाश हुन्छ।
५. पानीका मुहानमा नाग देवता
हुन्छ् त्यहाँ फोहोर गर्नु हुँदैन- पानीका मुहानमा देवता बस्छन् भने डरले मैला
गरिन्दैन तर त्यसरी पानीका श्रोत फोहोर हुँदा त्यो मुहानमा भर पर्ने सम्पूर्ण
उपभोक्ताहरूमा जलसम्बन्धी विमार लाग्छ यो कुरा वैज्ञानिक हिसाबले पनि सत्य छ।
६. खाना पकाउँदा टाउकोमा केही
ओढ़ेर मात्र पकाउनु-परिवारको निम्ति खाना पकाँउने जिम्मा प्रायः जसो नारीहरूकै
हुन्छ, पुरूषहरू त भइहाले भने सहायक हुन्छन्, भनाइ अनुसार खाना पकाउने बेलामा
टाउको केही ओढ़ेर खाना पकाउनु पर्छ नत्र अलच्छिन् लाग्छ भन्ने छ, तर वैज्ञानिकता त्यसमा
के पाइन्छ भने कसैको केश झर्ने पनि हुन्छ। केश/कपाल झरेर खानेकुरामा पर्नसक्ने
सम्भावना हुन्छ।
७. भगवानको पूजा गर्ने समय
उपवास बस्नु अथवा तामसिक भोजन नगर्नु कुनै पनि भगवानको पूजामा शुद्ध शाकाहार,
फलाहार गर्ने गरिन्छ, पेटभरि खाना खाएर पूजा गर्दा त्यो निष्फल हुन्छ भन्ने छ।
त्यसमा पनि हाम्रो धर्ममा बालक, वृद्ध र बिमारीलाई भने छुट छ। त्यसरी व्रत धारण
गर्दा, प्याज लसुन आदिको पूर्ण बन्देज हुन्छ। वैज्ञानिक धारणा अनुसार प्याज नुन
लसुन र विभिन्न प्रकारका मसलादार खानाले शरिरमा गर्मी पैदा गर्छ फलस्वरूप
नकारात्मक सोँचको प्रार्दभाव भएर पूजा-अर्चनमा ध्यान जाँदैन, एकचित्त हुन
सकिन्दैन।
८. बेलुकी खाना खाइसकेपछि
जुठो-भाँड़ा राख्नु हुँदैन सफा गरेर राख्नुपर्छ हाम्रा पुराना चलन अनुसार बेलुकी
खाना खाइसकेपछि सबै जुठा-भाँड़ा सफा गरेर राख्नुपर्छ। राती घरमा धन-धान्यकी देवी
लक्ष्मी आउँछिन् र जसको घरमा त्यसरि जुठो राखिएको छ त्यस घरमा लक्ष्मीको आगमन
हुँदैन, त्यहाँ दरिद्रीको वास हुने गर्छ। यही कुरालाई वैज्ञानिक चस्माले हेर्ने हो
भने त्यस्ता जुठो, फोहोरतिर अनेकौं रोगका किटानुहरू हुने गर्छन र हाम्रो
स्वास्थ्यमा हानी पुर्याउँछन्।
यी
उपरोक्त कुराहरू आदर्शका कुराहरू हुन, हाम्रा पूर्खाले मानील्याएका यसता
कुराहरूलाई हामीले अन्धविश्वास भनेर नजरअन्दाज गर्ने हो भने हाम्रो संस्कार र
रिती-रिवाज नै धरापमा पर्ने सम्भावना रहन्छ। हामीलाई थाहा भएके कुरा हो हाम्रा
पूर्वजहरू कृषिप्रदान धरातलमा रहेका थिए जे आयस्ता हुन्थ्यो त्यो कृषिबाटै र दुघ्ध
उत्पादनबाट हुन्थ्यो। अहिले जस्तो नौकरी, ठेक्का-पट्टा, सरदारी केही थिएन। त्यसरी
कृषि गर्दा धान रोप्ने बेलामा अन्नसंग सम्बदन्धित सबै भगवान र इष्टदेवको पूजा
गरिन्थ्यो। रोपाई गर्दा अहिले पनि “बेठी”-को चलन छ। नयाँ धान मकै , कोदो, अदुवा
चढ़ाउने चलन छ। हाम्रा पूर्खाहरूले हामीलाई सुम्पिराखेको गौरवमय विरासतलाई हामी
सभ्य भएर साँच्न सकेनौं भने हामीले आफ्नो संस्कार र संस्कृतीको हत्या गर्दैछौं।
रोग लाग्दा चिकित्सकको सल्ला लिनुपर्छ नै, तर प्रत्येक पुराना कुरा अन्धविश्वास
भनेर फ्याँक्नु राम्रो होइन। हामी आएको नै त्यही बाटो हो तर अलिक माथी आइसकेपछि म
पलाएको नै यहीं हो भनेका मात्र हौं। हाम्रा अन्धविश्वासभित्र रहेका विश्वासहरूमा
सबैमा वैज्ञानिकता नहोला तर सबै पुराना कुरालाई अन्धविश्वासकै झोलामा हल्यौं भने
हामीलाई चिनाउने कुरा सबै संकटमा पर्नुको साथै हामी यो जाती हौ र हाम्रो संसकार यो
हो भनेर अरूलाई भन्ने ठाँउ नै रहँदैन।
त्यसैले हामी जतिबेला पनि आधुनिक्ताको बुई चाढ़छौं हाम्रो धरातल संगै लानु पर्नेछ,
मान्छे जति नै माथी पुगे पनि झर्नु पर्ने त भूई मै हो, यी कुराहरू हामीले हाम्रा
भावी पिढ़ीलाई पनि प्रयोगमा ल्याउन प्रेरित गर्नुपर्ने आवश्यक्ता छ।